Thursday, January 9, 2025
घरसमाचारसार्वजनिक लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ

सार्वजनिक लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ

२५ पुस, विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ । उनीमाथिकाे घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएकाे थियाे ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई  जिम्मेवारीबाट हटाएका थिए ।

ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतकाे आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान भने उनका स्वकीय सचिव पक्राउ परेका हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -