वीरगंज/ राजनीतिक पहुँच र स्थानीय निकायभित्रको भ्रष्ट कर्मचारीतन्त्रको सुनौलो मौका छोपी सरकारी जग्गा हड़पने, निजी बनाउने र कौड़ीको भाउमा भाडामा लिएर मनग्य कमाउने गिरोह देशभर सक्रिय रहेको समाचार निरन्तर रुपमा विभिन्न संचारमाध्यमहरूले उजागर गर्दै आएका छन्।
त्यस्तै राजनीतिक र भ्रष्ट कर्मचारी तन्त्रको मौका छोपी डा. दीपक शाक्यले भाडामा लिएको बाल संगठनको जग्गासँगै जोडिएको नगरसभा गृह पनि त्यसरी नै कौड़ीको भाउमा भाडामा लागेको खबर प्रकाशमा आएका छन्।
भोला प्रसाद कलवारले नगर सभागृह कौडीकोे मोलमा लिएर वार्षिक करोडौ कमाई गरिरहेका छन्।
नगरसभागृह भित्र विदेशी नतर्की नचाउने, विभिन्न षोडशीहरुलाई सहवास गराउने, जुवा, तास कौडी खेलाउनेदेखि सबै काम हुने गरेकोे वरपर बस्नेहरु बताउँछन्।
मधेश आन्दोलन ताका कौडीकोे मोलमा इमान बेच्दै हिँड्ने तत्कालिन वीरगंज उपमहानगरपालिकाका अधिकृत शान्त बस्नेतकोे डिजाइनमा नगरपालिकालाई घाटा र भोला कलवारलाई दशकौँसम्म फाईदा पुऱ्याउने उद्देश्यले रचेको षड्यन्त्र बमोजिम नगरसभगृह जिम्मा लगाइएको हो।
स्थानीय निकायमा कर्मचारीहरुकोे रजगज चलिरहेको बखत गरिएको नाजायज कामलाई जनताबाट निर्वाचित भई आएका तत्कालिन मेयर विजय सरावगी र हालका मेयर राजेशमान सिंहले पनि चाल नपाए जस्तै गरिरहेका छन् ।
भोला कलवारको श्रीमतीकोे नाउँमा लिएको नगरसभागृहको सम्झौता पत्रमा चमेना गृह संचालन गर्ने र त्यसको दर रेट महानगरले तोक्ने उल्लेख छ।
तर चाँदीकोे जुत्ताले पिटेर भोला कलवारले नगर सभागृह भित्र समाजले वर्जित गरेकोे सम्पूर्ण काम गरिरहेका छन् । आफूखुशी दररेट तोकेर बार्षिक १० करोड भन्दा बढी गैरकानुनी हिसाबले रकम संकलन भईरहेको छ।
यस सम्बन्धमा भोला कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनले किन लिए, कति तिर्छु यो सब नगरपालिकासँग सोध्नुस् भन्दै फोन राखिदिए।