Friday, January 10, 2025
घरसमाचारविद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने




काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उहाँले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्छ । पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार छ ।”

उहाँले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थ विरुद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिनुभयो ।

यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाउनुभयो । उहाँले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेकाले थप गृहकार्य आवश्यक रहेको बताउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -