Thursday, January 9, 2025
घरसमाचारदाउन्ने सडक एकतर्फी सुचारु

दाउन्ने सडक एकतर्फी सुचारु




नवलपरासी,पश्चिम् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकको दाउन्नेमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानी खोलामा बाक्लो हुस्सु र शितलहरले सड्क चिप्लो भएर सडक दुबैतर्फ अवरुद्ध बनेको थियो । निरन्तरको प्रयासपछि उक्त सड्क खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो। बुधवार बिहान साढे ७ बजेदेखि पूर्णरुपले अवरुद्ध सड्क दिउसो २ बजेदेखि एकतर्फी सुचारु भएको उहाँले बताउनु भएको छ । 

सवारीसाधनहरू लाई आलोपालो सवारी पासको भरमा सञ्चालनमा ल्याइएको सूचना अधिकारी बोहराले बताउनु भएको हो । बुटवल–नारायणगढ निर्माण भइरहेको सड्क खण्ड दाउन्नेमा चुनौतीपूर्ण नै रहेको छ ।

दुईतर्फी सड्क सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख एवं प्रहरी टोलीहरू सम्बन्धित स्थलमै रहेको र सडक मर्मतका लागि निरन्तर प्रयास भइरहेको जनाइएको छ ।बाक्लो हुस्सुका कारण यात्रा थप कठिन बनेको छ भने शितलहरले बाटो हिलाम्मे भएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -