Wednesday, January 8, 2025
घरसमाचारआउटसाइडर्स ब्याण्ड र गायिकाबीच चर्किएको विवाद के हो ?

आउटसाइडर्स ब्याण्ड र गायिकाबीच चर्किएको विवाद के हो ?

ब्याण्डको म्युजिक भिडियो ‘माइला’मा समावेश एक दृश्य ।


काठमाडौं । गीतको स्वामित्व र रोयल्टी विवादलाई लिएर ‘द आउटसाइडर्स नेपाल’ ब्याण्ड र गायिका समिता लिम्बुबीचको विवाद चर्किएको छ । लिम्बु उक्त ब्याण्डको पूर्वगायिका पनि हुन् ।

ब्याण्डले २०७९ असोज ७ गते पूर्वाञ्चल रक्ससँगको सहकार्यमा ‘माइला’ बोलको गीत युट्युबमा सार्वजनिक गरेको थियो । गीतमा आफ्नो स्वामित्व रहेको र रोयल्टी नपाएको भन्दै गायिकाले गत मंसिर २७ गते पुनः गीत ल्याएपछि दुई पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

गीतको गीतकार र कम्पोजरको रुपमा आफूलाई रचनात्मक श्रेय नदिएको लिम्बुले आरोप लगाएकी छन् । प्राप्त रोयल्टी पनि आफूले नपाएको उनको जिकिर छ ।

यस्तोमा पूर्वगायिकाको आरोपलाई लिएर ब्याण्डले विज्ञप्ति जारी गर्दै खण्डन प्रयास गरेको छ । आरोपप्रति आपत्ति ब्यक्त गर्दै ब्याण्डले ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा ब्याण्डले अहिलेसम्म रोयल्टी तथा रेभेन्यू शीर्षकमा रकम प्राप्त नगरेको समेत समूहले जनाएको छ ।

‘सुनियोजित तवरबाट तथ्यहीन, भ्रामक कुराहरू लेखी सस्तो लोकप्रियताका लागि यस साङ्गीतिक समूहलाई बदनाम गर्न प्रयास गरिएको छ’, समूहले विज्ञप्तिमा अगाडि भनेको छ ‘भ्रामक तथा तथ्यहीन आरोपमा सत्यता नरहेको जानकारी गराउँछौँ ।’ दुईवर्षअघि ब्याण्डले सार्वजनिक गरेको ‘माइला’ बोलको गीतलाई १ करोड ३५ लाख पटक हेरिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -