Wednesday, January 8, 2025
घरसमाचारसार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू

सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू

२२ पुस, काठमाडौं। सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढेको हो ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -