Friday, January 10, 2025
घरसमाचारसांसदहरूको भूमिकालाई समान दृष्टिकोणले हेरिनुपर्नेमा महिला सांसदको जोड 

सांसदहरूको भूमिकालाई समान दृष्टिकोणले हेरिनुपर्नेमा महिला सांसदको जोड 




काठमाडौँ । संघीय संसद्का महिला सांसदहरुले सबै सांसदहरूको भूमिकालाई समान दृष्टिकोणले हेरिनुपर्नेमा जोड दिनुभएको छ ।

संसदीय मामिला पत्रकार र महिला सांसदबिच आज काठमाडौँमा भएको लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महिला सांसदहरुले समान भूमिका र जिम्मेवारीमा रहेका पुरुष र महिला सांसदलाई समान रुपमा हेर्न आग्रह गर्नुभयो ।

उहाँहरूले आफूहरूका कमी कमजोरीप्रति खबरदारी गर्दै सकारात्मक पक्षको उजागर गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

महिला सांसदहरुले पुरुष सांसदहरुले जस्तो सूचना दिन सक्दैनन् भन्ने भ्रममा नपर्न र महिला सांसदलाई विकल्पका रुपमा नहेर्न पनि उहाँहरूले आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकारहरुले पुरुष सांसदहरु जस्तो सजिलै सूचना दिनका लागि महिला सांसदहरु तयार नहुने, संसदमा महिला सांसदको सहभागिता सङ्ख्यात्मक भन्दा पनि गुणात्मकतामा ध्यान दिनुपर्ने लगायतका विषय उठाउनुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले कार्यक्रमको सहजीकरण गर्दै प्रविधिको विकास र यसको प्रयोगले पहिलेको तुलनामा संसदीय रिपोर्टिङ सहज बन्दै गएको बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -