Friday, January 10, 2025
घरसमाचारसुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार




सुर्खेत । रुकुम पश्चिमको आठबिसकोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । रक्तस्रावको कारण गम्भीर अवस्थामा रहेकी सुत्केरीलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि सुर्खेत ल्याइएको हो । 

आठबिसकोट नगरपालिका–२, खदीकी २४ वर्षीया धनमाया बुढाको उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा उपचार शुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर प्रयोग गरेर उद्धार गरिएको हो । 

उद्धार अघि आठबिसकोट नगरपालिका–२, स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको हो । सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट उद्धार गर्नु परेको बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -