Friday, January 10, 2025
घरसमाचारयस वर्ष लुम्बिनीमा धान उत्पादन वृद्धि

यस वर्ष लुम्बिनीमा धान उत्पादन वृद्धि




बाँके । लुम्बिनी प्रदेशमा यस वर्ष धानखेतीको क्षेत्रफल घटे पनि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष २ लाख ९९ हजार ७ सय ६९ हेक्टरमा धानखेती गरिएको छ । जसबाट १३ लाख ६४ हजार ३१ टन धान उत्पादन भएको छ। गत वर्ष भने ३ लाख २ हजार ३ सय ८६ हेक्टरमा खेती गरिएको थियो, जसबाट १३ लाख १० हजार ८ सय २९ टन धान उत्पादन भएको थियो।

धान उत्पादकत्व प्रतिहेक्टर ४.३३ टनबाट बढेर ४.५५ टन पुगेको छ। समयमै भएको पर्याप्त वर्षा, उन्नत बीउको प्रयोग र मलखादको सहज उपलब्धताले उत्पादनमा यो वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष २ लाख ३१ हजार २ सय ४२ टनले धान उत्पादन वृद्धि भएको छ। यद्यपि, देशमा धानको मागअनुसार उत्पादन अझै अपुग छ। कृषि मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीका अनुसार, मुलुकका लागि वार्षिक ८ लाख टन धान अपुग रहेको छ। गत वर्ष भने अपुग १० लाख टन थियो।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -