चन्द्रपुर (रौतहट) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताउनुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले मधेश …