Friday, January 10, 2025
घरसमाचारनौ वर्षपछि दोदा नदिमा पुल निर्माण कार्यले गति लियो 

नौ वर्षपछि दोदा नदिमा पुल निर्माण कार्यले गति लियो 




कञ्चनपुर । कञ्चनपुरको देखतभुली पर्सिया सडक खण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको छ ।

वि।सं।२०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँद याममा नदीमा अस्थायी राखिने काठको पुलमा शुल्क तिरेर तर्दै आएका छन् ।

वर्षातका बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीयवासीको बाध्यता  छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -