१८ पुस, काठमाडौं। काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।