Sunday, January 5, 2025
घरसमाचारशेरा दरबारको जग्गाबारे प्रचण्ड : कानुन विपरीत भए फिर्ता ल्याइयोस्,सरकारलाई धन्यवाद भन्छु

शेरा दरबारको जग्गाबारे प्रचण्ड : कानुन विपरीत भए फिर्ता ल्याइयोस्,सरकारलाई धन्यवाद भन्छु

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा  कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई भनेका छन् । ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत  काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, प्रचण्डले संसदको राज्य व्यवस्था समितिको बैठकमा भने ।

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार एन संसोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -