नवलपरासी । निर्दयतापुर्बक कुकुरहरू मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १ माउ कुकुर र ५ वटा बच्चालाई नारायणी नदी किनारमा निर्दयतापूर्वक मारेका छन् । कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका ५ बेलहानी बस्ने बर्ष ३३ का राजकुमार सारु मगर र भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने सोही ठाउँ बस्ने बर्ष २८ का अमन कुमार चिडी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
निजहरूको उक्त कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलङ्घन गरेको कसुरमा संलग्न निज व्यक्तिहरूलाई जिल्ला अदालत परासी बाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।