Friday, January 10, 2025
घरसमाचारसर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर


१७ पुस, सर्लाही । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -