Saturday, January 11, 2025
घरसमाचारदुना टपरी उद्योग सञ्चालन गरि महिलाहरू आत्मनिर्भर

दुना टपरी उद्योग सञ्चालन गरि महिलाहरू आत्मनिर्भर




बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले सालको पात संकलन गरी दुना टपरी उद्योग संचालन गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छन्। बारबर्दिया नगरपालिका–७ का मध्यवर्ती सामुदायिक वनका उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै घर नजिकै दुना टपरी बनाउने काम शुरू गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएका १० जना महिलाको समूह बनाएर यो कार्य अगाडि बढाइएको छ। महिलाहरूलाई नगरपालिकाले तालिम प्रदान गरेको छ भने वडा कार्यालयले दुना टपरी बनाउने मेशिन उपलब्ध गराएको छ।

दुना टपरी बनाउने समूहकी सदस्य मीना थारूले भन्नुभयो, ‘पहिले पैसा कमाउनका लागि हामीसँग विकल्प थिएन। अहिले सालको पात प्रयोग गरेर दुना टपरी बनाएर बेच्न थालेपछि मासिक ५ देखि ६ हजार रुपैयाँ आम्दानी भइरहेको छ। यसले हाम्रो घरखर्च चलाउन सहयोग गरेको छ।’

स्थानीय वडा कार्यालयले पनि महिलाहरूको यो प्रयासलाई निरन्तर सहयोग गरिरहेको छ। वडा अध्यक्ष इन्द्रप्रसाद थारुका अनुसार यो योजना महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै वातावरण संरक्षणको दृष्टिकोणले पनि महत्वपूर्ण छ।

यो उद्योगले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वातावरणमैत्री उत्पादनको प्रयोग बढाउन मद्दत गरेको छ। सालको पातबाट बनाइएको दुना टपरीले प्लास्टिकजन्य सामानको उपयोगलाई घटाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानलाई पनि बल पुगेको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -