Saturday, January 11, 2025
घरसमाचारझुम्सा खोला खानेपानी आयोजना चाँडै निर्माण गर्न खानेपानीमन्त्रीको निर्देशन

झुम्सा खोला खानेपानी आयोजना चाँडै निर्माण गर्न खानेपानीमन्त्रीको निर्देशन

१६ पुस, बुटवल । खानेपानीमन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मंगलबार झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, ‘झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरुलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ । सोही अनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। आयोजनाको काम यथाशीघ्र सक्न निर्देश गर्दछु। ‘

मन्त्री यादवले आज यहाँका सरोकारवालासँग पनि छलफल गरेका थिए । उनले खानेपानी सम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए ।

उनले भने, ‘मैले नागरिकका समस्यालाई समाधानका लागि रातदिन खट्न तयार रहनुपर्छ। म खानेपानीको उपलब्धतालाई सहज बनाउने कोसिसमा लागिरहेको छु।’

झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी गरे ।

बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहेपनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको छ ।

करिब ६ अर्वको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -