Sunday, January 12, 2025
घरसमाचारमहिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ । नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि सुरु भएको छ । 

बारको महिला समितिद्वारा आयोजित दुई दिने सम्मेलनमा देशभर एक हजारभन्दा बढी कानुन व्यवसायी महिलाहरूको सहभागिता रहेको छ । 

कार्यक्रममा २५ जना कानुन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष आशा राईले जानकारी दिनुभयो । 

सम्मेलनमा सुनिता रेग्मी पोखरेल र सरस्वती डङ्गोलले महिला सहभागिताको अनिवार्यता, दीपेन्द्रकुमार खतिवडाले वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, रितु थापाले जलवायु परिवर्तनमा महिलाको भूमिका, डा.विष्णु बस्यालले नेपालमा लैङ्गिक तथा यौनजन्य हिंसामा पुनः स्थापनासम्बन्धी कानुनी व्यवस्था एक चुनौती, दर्शन कर्ण राईले राजनीतिक सहभागितामा समावेशिता: महिला अधिकारको सुनिश्चितता विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने अधिवक्ता किरणकुमारी साहले जानकारी दिनुभयो ।

यसैगरी,  सिर्जना कँडेलले जलवायु परिवर्तनले महिलामा पर्ने असर, शान्ता पाठकले नेपाल न्यायिक समिति: वर्तमान अवस्था, शर्मिला रेग्मीले न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप, विवाद समाधानका चुनौती, सबनम अधिकारी र सुमित्रा थापाले महिलाको समानुपातिक सहभागिता: अवसर र चुनौती, विमला खत्रीले प्रजनन स्वास्थ्य अधिकार, सुशीला कार्की र सन्ध्या कार्कीले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, इन्दु पाण्डेयले महिलाको समानुपातिक सहभागिता: अवसर र चुनौती, विपना योगीले प्रजनन स्वास्थ्य अधिकार, गरिमा भट्टराईले प्रसूति बिदा: अभ्यास र चुनौती, शैलजा साहले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरण, उमा थापाले न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप तथा विवाद समाधानका चुनौतीहरूलगायत विषयबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्रमा भोलिसम्म  समूहगत छलफल गरी राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ ।

सम्मेलनमा नेपालले‘महिला हकहित र अधिकारका विषयमा अन्तर्राष्ट्रियस्तरमा गरेका सन्धि र सम्झौताको कार्यान्वयनमा देखिएका समस्या तथा उपलब्धिका विषयमा पनि चर्चा हुने अध्यक्ष राईले जानकारी दिनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -