Sunday, January 5, 2025
घरसमाचारगुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा

गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा




गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना निर्माण गरेर जिप लाइन सञ्चालनमा ल्याएको हो ।

गुल्मी जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरूको सहभागितामा जिप लाइन शुभारम्भ गरिएको छ । जिप लाइनको शुभारम्भ कार्यक्रममा स्थानीय सरकार प्रमुखहरुले साहसिक खेल जिप लाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिप लाइन निर्माण गरेको छ ।

 गाउँपालिकाको वडा नम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि जिप लाइन निर्माण कार्य गरिएको छ । यसले त्यस क्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । 

पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ । जिप लाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लगानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।  

१ हजार ८० मिटर लम्बाई रहेको जिप लाइनको ६७ मिटरको उचाइ रहेको छ    जिप लाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ । 

   जिप लाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -