Sunday, January 5, 2025
घरसमाचार‘बार्दली’ र ‘झिमझिमाउने आँखा’ अन्तर्राष्ट्रिय ट्रेन्डिङको होडमा

‘बार्दली’ र ‘झिमझिमाउने आँखा’ अन्तर्राष्ट्रिय ट्रेन्डिङको होडमा

काठमाडौं । एकदेव लिम्बूको गीत ‘झिमझिमाउने आँखा’ले युट्युबमा लोभलाग्दो भ्युज प्राप्त गरेको छ । रोचक के छ भने यो गीत झण्डै तीन सातादेखि युट्युबको संगीत खण्डतर्फ नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ ।

बिहीबारसम्म एकदेवकै शब्द तथा संगीत रहेको यो गीतलाई युट्युबमा एक  करोड पटक हेरिएको छ । यो गीत अहिले भारतका शीर्ष ५० भाइरल गीतको स्पोटीफाइ सूचीमा समेत स्ट्रिमिङ भइरहेको छ । एमटीभीको कार्यक्रम स्पिल्ट्सभिल्लाकी दिकिला शेर्पा भिडियोमा देखिएकीले पनि यो गीत भारतमा भाइरल बनेको विश्वास गरिएको छ ।

युट्युब चार्टमा भने यसले ‘कश्मीरे पछ्यौरी’लाई उछिन्दै पछिल्लो २८ दिनमा धेरै स्ट्रिमिङ हुने सूचीको चौथो स्थानमा उक्लिएको छ । गत नोभेम्बर २७ देखि २४ डिसेम्बरसम्मको युट्युब चार्टको अपडेटअनुसार शीर्षस्थानमा ‘म त ढलें ढलें’, दोस्रोमा ‘रुकुम मैकोट’, तेस्रोमा ‘बार्दली’ र चौथोमा ‘झिमझिमाउने’ समावेश छन् ।

केही मुलुकको ट्रेन्डिङमा सुशान्त केसीको ‘बार्दली’ र एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’बीच प्रतिस्पर्धाजस्तै देखिएको छ । युट्युबको अस्ट्रेलिया चार्टमा पछिल्लो साता ‘बार्दली’ २१ औं स्थानमा हुँदा ‘झिमझिमाउने आँखा’ २५ औं स्थानमा छ । बार्दलीलाई पछिल्लो साता अस्ट्रेलियाबाट ७७ हजार ७१० पटक हेरिंदा ‘झिमझिमाउने’लाई सोही अवधिमा ७४ हजार ९२० पटक हेरिएको छ ।

युएईमा पनि यी दुई गीतबीच प्रतिस्पर्धाजस्तै छ । पछिल्लो साता युट्युबको यूएई चार्टमा ‘बार्दली’ ६८ औं स्थानमा हुँदा ‘झिमझिमाउने आँखा’ ८६ स्थानमा छ । सोही अवधिमा बार्दलीलाई यूएईबाट ३७ हजार पटक हेरिएको छ भने झिमझिमाउनेलाई ३१ हजार ७९१ पटक हेरिएको छ । यसअघि ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा आइसकेको छ भने ‘झिमझिमाउने आँखा’ चार्टमा मात्र सीमित छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -