Friday, January 10, 2025
घरसमाचारनगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

२ पुस, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी पुग्दा जनता आतंकित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले जनप्रतिनिधिले शासक र हाकिम हुँ भन्ने खालको प्रवृत्ति बिर्सनपर्ने बताए ।

‘हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको पनि बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएको पनि दाबी गरे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -