Thursday, January 9, 2025
घरसमाचारउपनिर्वाचनबारे प्रचण्ड : राज्यशक्तिको दुरुपयोग हुँदा पनि कांग्रेस-एमालेको ह्रास

उपनिर्वाचनबारे प्रचण्ड : राज्यशक्तिको दुरुपयोग हुँदा पनि कांग्रेस-एमालेको ह्रास

२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी स्थानीय तहको निर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको जनाएको छ । गत मंसिर २८ गते बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामबारे ब्रिफिङ गरेका थिए ।

ब्रिफिङअनुसार पार्टी मातहतका कमिटीलाई पठाइएको सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणामले पार्टीको पक्षमा जनमत गुणात्मक रुपले बढ्दै गएको देखिएको उल्लेख छ ।

तर, नेपाली कांग्रेस र नेकपा एमालेको जनमत घटेको सर्कुलरमा उल्लेख छ । अगाडि भनिएको छ, ‘कैयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुपयोगका बाबजुत पनि ती दुई पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको छ ।’

माओवादीको भने जनमत बढेको र उपनिर्वाचनमा पार्टी पंक्ति पनि एकढिक्का देखिएको उल्लेख छ । हरेक स्थानमा नेता/कार्यकर्ताहरूको क्रियाशिलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल भएको भनिएको छ ।

तर, २०७९ सालको चुनावमा जितेका स्थान गुम्नुलाई कमजोरीको रुपमा स्वीकार गर्नुपर्ने पनि सर्कुरलमा उल्लेख छ । निर्वाचनको लागि सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही सीमा र कमीकमजोरी पनि रहन गएका छन्,’ सर्कुलरमा भनिएको छ ।

स्थानीय तहको उपनिर्वाचनको अनुभावबाट पाठ सिक्दै पार्टी अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थित रुपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रुपमा विस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा जोड दिने लगायतका विषय सर्कुलरमा समावेश छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -