महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ रातोपुलमा बस अनियन्त्रित भई दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
भिठामोडबाट आज जनकपुर आउँदै गरेको ना४ख १०६९ नम्बरको बस जलेश्वर नगरपालिका–६ रातोपुलमा पुलको रेलिङ तोड्दै पल्टिँदा बसमा सवार २२ यात्रु घाइते भएका हुन ।
घाइतेहरूमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतको अवस्था गम्भीर रहेको र दुवै घाइतेलाई थप उपचारका लागि जनकपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिनुभयो ।
स्थानीयहरूको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको प्रहरी प्रवक्ता डिएसपी जयसवालले बताउनुभयो ।