Wednesday, January 8, 2025
घरसमाचारकाठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो

काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो

२८ मंसिर, काठमाडौं । काठमाडौंको जाडो हिजोको तुलनामा आज झन् बढेको छ । हिजो न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो हो । अहिले काठमाडौंमा ठिहिर्‍याउने जाडो छ ।

काठमाडौं उपत्यकामा बिहान हुस्सु पनि लागेको छ । हुस्सु तराईका जिल्लामा पनि देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन् । ‘हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम तापक्रम ३.९ मापन भएको छ । अरु उल्लेख्य मौसमी प्रणाली केही छैन,’ उनले भनिन् ।

उनका अनुसार आज आज पनि देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहान पौने ६ बजेदेखि देशभर आंशिक बदली छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

शनिबार बिहान भने तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -