Friday, December 13, 2024
घरक्राइम चेकप्रेस युनियन र चौतारी विरुद्ध मत हाल्ने जो कोहीलाई कारवाही गर्ने काँग्रेस-एमालेको...

प्रेस युनियन र चौतारी विरुद्ध मत हाल्ने जो कोहीलाई कारवाही गर्ने काँग्रेस-एमालेको धम्की

भक्तपुर/नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको शुक्रवार हुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले ठाडो हस्तक्षेप गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति एवम् सांसद दुर्लभ थापा र नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्दै महासंघको निर्वाचनमा हस्तक्षेप गरेको हो ।

थापा र देउजाले विज्ञप्ती निकाल्दै नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल विरुद्ध नलाग्न र मत नहाल्न अपिल गरेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलको उम्मेदवार विरुद्ध गतिविधि गर्ने एवम् विद्रोही प्यानल बनाएर लाग्ने जो कोहीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

पत्रकार महासंघ भक्तपुरको निर्वाचनमा प्रेस युनियन र चौतारी विरुद्ध वर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, नेमकिपा र स्वतन्त्र पत्रकारहरुको समर्थनमा प्यानल बनाएर निर्वाचनमा भाग लिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -