Sunday, December 15, 2024
घरसमाचारआदर्श कप फुटबल : गोरखा एन्फाद्वारा नेपाल प्रहरी गण्डकी पराजित

आदर्श कप फुटबल : गोरखा एन्फाद्वारा नेपाल प्रहरी गण्डकी पराजित




पोखरा । कास्कीको लेखनाथ खेलमैदानमा जारी २५ औँ आदर्श कप फुटबल प्रतियोगितामा आज गोर्खा जिल्ला फुटबल सङ्घले नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले जितेको छ । खेलको निर्धारित समयमा दुवै पक्षको बराबरी १–१ गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा गोर्खाका देव गुरुङले गोल गर्दै आफ्नो टिमलाई जितमा परिणत गरेका हुन ।

आजको खेलमा म्यान अफ द म्याच गोर्खाका आकाश थापा मगर बने । उनले रु ५ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरे । खेलको ५५ औँ मिनेटमा रिचार्डले पहिलो गोल गर्दै गोर्खा जिल्ला फुटबल सङ्घलाई अग्रता दिलाएका थिए । भने नेपाल प्रहरीका विवेक गुरुङले ७१ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको अन्तिम समयमा पेनाल्टी सुट आउटमा गोर्खा जिल्ला फुटबल संघका जर्सी नंं १५ का देब गुरुङले गोल गरेका थिए ।

आदर्श युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता छ । उद्घाटन खेलमा विजयी आदर्श युवा क्लबको टिम र कास्की फुटबल संघका बिच बुधवार खेल हुने आयोजक संस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मङ्सिर २२ देखि २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकमा सौर्य सिमेन्ट रहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -