Sunday, December 15, 2024
घरसमाचारआय विवरण बुझाउने म्याद पुस मसान्तसम्म थपियो

आय विवरण बुझाउने म्याद पुस मसान्तसम्म थपियो

२५ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ ।

यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो । सो निर्णयको विरुद्धमा परेको रिटमा पाटन उच्च अदालतले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

विभागले भने विभिन्न व्यावसायिक/व्यापारिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध आएको भन्दै सो अवधिसम्म म्याद थप गरिएको जनाएको छ ।

आयकर ऐन २०५८ मा हरेक व्यक्तिले आय वर्ष सकिएको तीन महिनाभित्र सो वर्षको आय विवरण तोकेको स्थानमा दाखिला गर्नुपर्ने भनी तोकेको छ ।

कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र म्याद थप गर्न निवेदन दिएमा एक पटक वा पटक-पटक गरी बढीमा तीन महिनासम्म म्याद थप हुन सक्ने प्रावधान समेत रहेको छ ।

यसअघि विभागले वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने सूचना निकालेको थियो ।

वार्षिक २० करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताको सम्बन्धमा मंसिर मसान्त र २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताको हकमा २० पुससम्मको म्याद दिएको थियो । यसलाई सच्याउँदै विभागले सो म्याद अब पुस मसान्तसम्म पुर्‍याएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -