Thursday, December 26, 2024
घरसमाचारकुमारित्व फर्काउने सर्जरीका लागि ३० लाख खर्च गर्दैछिन् यी युवती

कुमारित्व फर्काउने सर्जरीका लागि ३० लाख खर्च गर्दैछिन् यी युवती

ब्राजिलकी एकजना मोडेल तथा सोसल मिडिया सेलिब्रेटी पुनः ‘भर्जिन’ बन्न चाहन्छिन् । यसका लागि उनले लाखौँ खर्च गरेर शल्यक्रिया गर्दैछिन् । आफूले उक्त शल्यक्रियाको तयारी सुरु गरिसकेको उनले बताएकी छिन् ।

उक्त जोखिमयुक्त सर्जरीका लागि १९ हजार डलर अर्थात् करिब ३० लाख रुपैयाँ खर्च लाग्छ ।

प्रतिकात्मक रुपमा आफ्नो कुमारित्व फर्काउनका लागि उनी त्यस्तो शल्यक्रियामा पैसाको खोलो बगाउन तयार भइन् । उक्त शल्यक्रियालाई हाइमेनोप्लास्टी भनिन्छ । यो भनेको यौनांगको झिल्लीको प्रत्यारोपण हो ।

राभेना हान्निले नामक २३ वर्षीया ती युवतीले जाम प्रेससँगको कुराकानीमा आफ्नो योजनाको खुलासा गरेकी हुन् । उनी भन्छिन्, ‘यो प्रक्रिया मेरो लागि विशेष महत्त्वको छ । उक्त शल्यक्रिया मेरो व्यक्तिगत तथा पेशागत जीवनमा एक नयाँ सुरुवातको प्रतिक हुनेछ ।’

हाइमेनोप्लास्टी के हो ?

यो शल्यक्रियालाई हाइमेन अर्थात् योनी झिल्लीको मर्मतको रुपमा लिइन्छ । सर्जरीको माध्यमबाट डाक्टरले एक जटिल प्रक्रियाद्वारा झिल्लीलाई टाँकाले जोड्दछन् ।

कुमारित्व फर्काउने उक्त शल्यक्रिया आफ्नो आत्मसम्मान तथा व्यक्तिगत कारणहरूका लागि महत्त्वपूर्ण रहेको र त्यसका मनोवैज्ञानिक लाभ समेत रहेको उनको दाबी छ ।

तर एकजना डाक्टरले भने हाइमेनोप्लास्टी केवल एउटा कस्मेटिक सर्जरी मात्रै रहेको र यसबाट कुमारित्व फिर्ता ल्याउने भन्ने कुरा यथार्थमा सम्भव नहुने बताउँछन् । यो केवल प्रतिकात्मक हो र उक्त शल्यक्रिया निकै जोखिमयुक्त हुन्छ । यस क्रममा यौनांगमा संक्रमण तथा खत रहने सम्भावना हुन्छ र उच्च रक्तश्रावको जोखिम पनि रहन्छ ।

डाक्टरका अनुसार यसले एक ठूलो नैतिक प्रश्न पनि उठाउनेछ । महिलाहरूलाई सामाजिक दबाबका कारण बाध्यता महसुस गराउनुको साटो आफनो नैतिक रुचीका लागि सशक्त हुन प्रोत्साहित गर्नुपर्छ ।

सो निर्णय सांस्कृतिक तथा मनोवैज्ञानिक आयामसँग पनि जोडिएको छ ।

यद्यपि यस्ता आलोचना तथा जोखिमका बाबजुत ती ब्राजिलियन मोडेलले आफ्नो निर्णयबाट पछि नहट्ने निधो गरिसकेकी छिन् । मानिसहरूले यस्तो खालका अन्तरंग विकल्पहरुलाई नबुझ्नु वा समर्थन नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछिन् । एजेन्सी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -