Friday, January 10, 2025
घरसमाचारलालझाडीमा दम्पती हत्या प्रकरण : डेढ महिनापछि छिमेकीद्वारा हत्या स्वीकार

लालझाडीमा दम्पती हत्या प्रकरण : डेढ महिनापछि छिमेकीद्वारा हत्या स्वीकार




कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारीस्थित सुख्खडघाट बस्ने ४६ वर्षीय रमेश वडायक र उहाँकी पत्नी ४३ वर्षीया कमला वडायकको  कार्तिक ८ गते राति बीभत्स ढङ्गबाट हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटना भएको डेढ महिनापछि छिमेकीले हत्या स्वीकार गरेका छन् । 

वडायक दम्पतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका वडा नम्बर २ बस्ने ५० वर्षीय गङ्गाराम रानालाई पक्राउ गरेको छ । उनलाई गहिरो अनुसन्धानपछि पक्राउ गरिएको र प्रारम्भिक बयानका क्रममा उनले वडायक दम्पतीको हत्या गरेको स्वीकार गरेको कञ्चनपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

कार्तिक ०८ गते राति मदिरा सेवन गरेर वडायकको नास्ता पसलमा पुगेर मदिरा माग्दा नदिएको आक्रोशमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको रानाले स्वीकार गरेका छन् । मदिरा छैन भनेर तथानाम गालीगलौज गरी हातपात गरेपछि घटना भएको रानाको भनाइ छ । 

नजिकै काठको डण्डा पाएपछि रमेश वडायकलाई हिर्काएर बेहोस बनाएको र त्यसपछि त्यहीँ भेटिएको धारिलो हतियारले प्रहार गरी दुवै श्रीमान् श्रीमतीको हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

उक्त घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र प्रदेश प्रहरी कार्यालयको टोलीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -