२० मंसिर, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले फुटपाथ मिचेर व्यावसायिक सटर बनाउन लागेको भन्दै पाँच राजनीतिक दलले विरोध जनाएका छन् ।
एसियाली विकास बैंक क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विस्तार भइरहेको सडकका लागि मदन चोकमा रहेका २२ वटा व्यावसायिक सटर भत्काइएको थियो ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संयुक्त विज्ञप्ति जारी गर्दै भत्काइएको स्थानमा फेरि सटर नबनाउन माग गरेका हुन् ।
नगरपालिकाले सोही ठाउँमा एक दशमल ७० सेन्टिमिटर फुटपाथ मिचेर व्यावसायिक सटर बनाउन खोजेको ती दलहरूको आरोप छ ।
नगरपालिकाले फुटपाथ निर्माण कार्य अचानक स्थगित गरेको प्रति ध्यानाकर्षण भएको भन्दै रोकिएको काम तत्काल अघि बढाउन उनीहरूले माग गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :