Thursday, November 28, 2024
घरसमाचारआल्मुनियमको पाताको टोपी किन लगाइरहेका छन् रुसी महिला ?

आल्मुनियमको पाताको टोपी किन लगाइरहेका छन् रुसी महिला ?

पछिल्ला दिनमा सोसल मिडियामा केही भिडियो तथा फोटोहरू भाइरल बनिरहेका छन् । जसमा रुसी महिलाहरुले आल्मुनियम पाताबाट बनेका अनौठो खालका टोपीहरू लगाएको देखिन्छ । केही भिडियोमा रुसी महिलाहरुले त्यस्ता टोपी बनाइरहेको पनि देखिन्छ । आखिर रुसी महिलाहरुले किन यसो गरिरहेका छन् ?

सोसल मिडियामा आल्मुनियम पाताको टोपी लगाएका जुन महिलाहरू तथा समूहरुका तस्वीर भाइरल भैरहेका छन् ती सबै शिक्षिका हुन् । उनीहरुले यसो गर्नुको रोचक कारण छ । वास्तवमा यी महिलाहरुसँग एकजना ब्लगरले प्रयांक गरेर त्यसो गराएका हुन् । उक्त प्रयांकको वास्तविकता जान्दा जो कोहीलाई हाँसो लाग्दछ ।

एक बेलारुसी ब्लगरले दर्जनौं रुसी शिक्षकहरुलाई नेटोको स्याटेलाइटको विकिरणबाट बच्नका लागि आल्मुनियमको पाताबाट टोपी बनाएर त्यो लगाउन लगाएका हुन् । ब्लगर भ्लादिस्लाभ बोखान विभिन्न खालका मजाक तथा ख्यालठट्टा गर्नका लागि परिचित छन् । यो महिनाको सुरुवातमा उनी तब चर्चामा आए जब उनले दर्जनौं रुसी शिक्षिकाहरूलाई रुसको झण्डाले सजिएको आल्मुनियम पाताको टोपी लगाएका विभिन्न तस्वीर सार्वजनिक गरे ।

उनले रुसको वोरोनिश क्षेत्रका विभिन्न स्कुलमा सम्पर्क गरे । त्यसपछि आफूलाई देशको सत्तारुढ पार्टी युनाइटेड रुसको स्थानीय शाखाको एक अधिकारीको रुपमा परिचय दिए र हेलमेट अफ द फादरल्याण्ड नामक एक देशभक्ति शिक्षक कक्षा आयोजना गर्ने आदेश दिए । बोखानका अनुसार ती विद्यालयहरुमा काम गर्ने शिक्षकलाई नेटो उपग्रहको विकिरणबाट आफूलाई बचाउनका लागि आफ्नो तत्परताको प्रदर्शन गर्न र त्यसका लागि आल्मुनियम पाताको टोपी बनाउन भनियो ।

उनले सम्पर्क गरेकामध्ये ७ वटा स्कुलले कुनै सवाल नगरिकनै उनका आदेशको पालना गरे । ती ब्लगरले शिक्षिकाहरुसँग भने कि नेटो सदस्यले रुसी जनतालाई शारीरिक तथा जैविक रुपबाट विकिरणमा पार्ने योजना बनाइरहेका छन् । त्यसैले शिक्षकहरुले आल्मुनियम पाता टोपीजस्ता प्राचीन सुरक्षा साधनहरुको सहयोगबाट त्यसको विरोध गर्न सिक्नुपर्दछ ।

शिक्षिकाहरुले गुगल नगरुन् र आल्मुनियम पाताको टोपी सम्बन्धी उनको वाहियान प्रयांकका बारेमा थाहा नपाउन् भन्नका लागि उनले च्याट जिपिटीको प्रयोग गरेर टोपी बनाउने गाइडको कपी शिक्षिकाहरुलाई दिए । अन्ततः उनको योजनाले काम गर्यो र सातवटा स्कुलका शिक्षिकाहरुले नेटो विकिरणबाट सुरक्षाका लागि तात्कालिक साधन बनाउने विषयमा मास्टर क्लासको आयोजना गरे ।

त्यसमध्ये केहीले आफ्नो हातले बनाएको हेडगियरलाई सजाय र आफ्नो टाउकोमा लगाएर पोज दिए । एकजनाले मास्टरक्लासमा डिप्लोमा वा सहभागिताको प्रमाणपत्र पनि मागे । बोखानलाई पठाएको एक भिडियोमा एकजना शिक्षकले भनेका छन् – आफ्नो हातले बनाएका हेलमेटलाई हाम्रो सुन्दर देशलाई बाहिरी शत्रुबाट बचाउने सुरक्षाको साधन बन्न दिनुहोस् ।

भ्लादिस्लाभ बोखानले यो महिनाको सुरुवातमा सोसल मिडियामा आफ्नो मजाकको खुलासा गरे र बोरोनिसको शिक्षा मन्त्रालयले पनि जुलाई महिलामा उक्त क्षेत्रका विभिन्न स्कुल उनको प्रयांकको सिकार भएको पुष्टि गरेको छ । यद्यपि रुसी अधिकारीहरुले प्रयांकको सिकार भएका ती शिक्षिकाहरुले रचनात्मक दृष्टिकोण र देशभक्तिको भावनाको प्रसंसा गरेका छन् ।

ब्लगर बोखानका अनुसार उनले लेखक अम्बर्टो इकोको एउटा निबन्धबाट प्रेरित भएर उक्त प्रयांक गरेका हुन् ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -