Tuesday, November 26, 2024
घरसमाचारक्यान महासङ्घ चितवनको अध्यक्षमा लामिछाने 

क्यान महासङ्घ चितवनको अध्यक्षमा लामिछाने 




चितवन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ जिल्ला शाखा चितवनको अध्यक्षमा विष्णु प्रसाद लामिछाने निर्विरोध चयन हुनु भएको छ  ।

क्यान चितवनको १९औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशनमार्फत लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

क्यान चितवनको उपाध्यक्षमा उपाध्यक्षमा रूपक नेपाल, सचिवमा इन्जिनियर कृष्ण पोखरेल, कोषाध्यक्षमा अशिम ढुङ्गाना र सहसचिवमा अनिता भुसाल चयन हुनु भएको छ ।

यस्तै  सदस्यहरूमा प्रदीप महतो, दिनेश पण्डित, जेबी थापा, निरञ्जन आचार्य र जानकी शर्मा चयन भएका क्यान चितवनका निवर्तमान अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।

क्यान महासङ्घका केन्द्रीय सदस्य भानु शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, क्यान बागमती प्रदेश उपाध्यक्ष सन्तोषजनक भुसाल लगायतको सहभागिता थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -