१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ ।
सुरूवाती दुई खेलमा हार व्यहोरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ । खेल अहिले सवा ११ बजेदेखि सुरू हुँदै छ ।
अफगानिस्तान नेत्रहीन क्रिकेटमा नयाँ टिम भएकाले नेपाललाई केही सहज हुने प्रशिक्षक नहेन्द्र निराैला बताउँछन् ।
‘दुई खेल हारेको भएपनि हाम्रो टिम बलियो छ । हामै ब्याटिङमा मात्रै चुकिरहेका छौं’ निरौलाले भने, ‘आज ओपनिङ सेट पनि चेन्ज गर्दै छौं । आज अफगानिस्तान र भोलि दक्षिण अफ्रिकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने आशा राखेका छौं ।’
त्यसैगरी कप्तान रमेशबहादुर बानियाले पनि आजको खेलमा कमजोर पक्ष सुधार्दै जित्ने विश्वास व्यक्त गरेका छन् ।
आजको खेल पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न पनि सकिनेछ ।