काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम सचिव अधिकारीले भोली मङ्सिर १० गतेदेखि लागू हुने गरी दिनु भएको राजीनामा स्वीकृत गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।