Friday, January 10, 2025
घरसमाचारसंविधानलाई ब्रेललिपिमा अनुवाद गरेर दृष्टिविहीनलाई बाँड्न माग गर्दै सर्वोच्चमा रिट

संविधानलाई ब्रेललिपिमा अनुवाद गरेर दृष्टिविहीनलाई बाँड्न माग गर्दै सर्वोच्चमा रिट

७ मंसिर, काठमाडौं । नेपालको संविधानलाई दृष्टिविहीनले समे पढ्न सक्ने गरी ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न सर्वोच्चमा रिट परेको छ ।

कानुनका विद्यार्थीहरु विवेक चौधरी, रामकृष्ण यादव, प्रधुमनकुमार सिंहले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

मंसिर ४ गते दायर भएको उक्त रिटउपर मंसिर ५ गते न्यायाधीश बालकृष्ण ढकालको इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत कारण देखाउ आदेश गरेको छ ।

सर्वोच्चले १५ दिनभित्र महान्यायाधिक्ताको कार्यालयमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -