Saturday, January 11, 2025
घरसमाचारएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो

एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो




काठमाडौँ । नेकपा एमालेको आज काठमाडौँमा हुन लागेको जागरण सभाको  र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।  

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ: तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्न: सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने हो: आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैन: प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।  

एमालेको जागरण सभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जन सांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गर्नुभयो । 

नेपाल कम्यनिस्ट पार्टी (एमाले)ले शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभा सुरु हुनुअघि भद्रकालीबाट निस्किएको सद्भावना र्‍याली सहिद गेट हुँदै आयोजना स्थलतर्फ जाँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

सभामा विभिन्न स्थानबाट र्‍याली याली आउने क्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १३ः३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -