Friday, January 10, 2025
घरसमाचारकप्तान पूजा महतोलाई ईश्वरपुरमा भव्य स्वागतसहित सम्मान

कप्तान पूजा महतोलाई ईश्वरपुरमा भव्य स्वागतसहित सम्मान

सर्लाही । यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । 

सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि कप्तान पूजा महतोलाई सम्मान गर्नेको ओइरो लागेको छ । कप्तान महतोलाई भव्य स्वागत गर्नुको साथै नेता, शिक्षक, क्रिकेट खेलाडी तथा विद्यार्थीहरूले सम्मान समेत गरेको छ ।

ईश्वरपुर नगरपालिकाले आज(बिहीबार) कप्तान महतोलाई सम्मान गरेको छ । आज एक कार्यक्रम गरि कप्तान महतोलाई ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले सम्मान गर्नु भएको छ । ईश्वरपुर नगरपालिकाको आयोजनामा नारायण माध्यमिक विद्यालय केशंरगंजको प्राङ्गणमा कप्तान महतोलाई ३१ हजार नगद सहित नगर प्रमुख आचार्यले सम्मान गरेको छ। नेपाललाई पहिलो पटक आइसीसी महिला यू १९ विश्वकपमा  पुर्‍याउन विशेष भूमिका निर्वाह गरेको भन्दै  नेपाली टोलीकी कप्तान महतोलाई नगद सहित सम्मान गरेको नारायण माध्यमिक विद्यालयका शिक्षक नाथुराम चौधरीले जानकारी दिनुभयो ।

यसैगरी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक फणीराज बरालले कप्तान महतोलाई कप दिएर सम्मान गर्नुभएको छ ।

त्यसै गरी पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, नारायण मा.वि.का शिक्षकहरू तथा विद्यार्थीहरूले पनि कप्तान महतोलाई भव्य सम्मान गरेको छ । राजनैतिककर्मीहरुले दोसल्ला तथा फुलको माला लगाएर सम्मान गरेका छन् भने विद्यार्थीहरूले फुलको गुच्छा लगाएर सम्मान गरेका हुन ।  यसैगरी क्रिकेटका खेलाडीहरू पनि कप्तान महतोलाई सम्मान गरेको छ । कप्तान महतोलाई सम्मान गर्न हजारौँको सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

मन्तव्य दिनुहुँदै कप्तान पूजा महतोलाई कडा मेहनत, परिश्रमले जुन सुकै कार्यको गर्न सफल हुने भएको हुँदा मेहनत साथ पढ्न र खेल खेल्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ । 

त्यस्तै ईश्वरपुर नगर प्रमुख आचार्यले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद हाम्रा लागि पनि खेलकुद मुल मन्त्र अँगालेर आफूले खेललाई प्राथमिकता दिने गरेको बताउनुभयो । मन्तव्य दिनु हुँदै उहाँले राष्ट्रको नाम अन्ताराष्ट्रिय स्तरमा चिनाउने मधेशकी चेली पूजा महतोलाई मनोबल बढाउन सम्मान गरिएको बताउनुभयो । यसअघि पनि क्रिकेटर गुल्शन झालाई ईश्वरपुर नगरपालिकाले नगद सहित सम्मान गरेको थियो । 

कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, वडा नं ५ का वडा अध्यक्ष पंची महतो, वडा नं ६ का वडा अध्यक्ष रहमत अंसारी, वडा नं ७ का वडा अध्यक्ष नाथुराम चौधरी,  युवा व्यवसायी  सन्तोष झा, दिपेन्द्र साह, समाजसेवी रामचन्द्र महतो, बेचु तिमल्सिना, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको   उपस्थिति रहेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -