Friday, January 10, 2025
घरसमाचारसंविधान र लोकतन्त्र विरोधी गतिविधि स्वीकार्य हुँदैन: गृहमन्त्री लेखक

संविधान र लोकतन्त्र विरोधी गतिविधि स्वीकार्य हुँदैन: गृहमन्त्री लेखक




धनगढी  । गृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्र विरोधी गतिविधि सह्य (स्वीकार्य) नहुने बताउनु भएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले अराजक, अमर्यादित, अवाञ्छित, घृणास्पद अभिव्यक्ति दिएर समाजमा द्वन्द्व बढाउने जस्ता गतिविधि  स्वीकार्य हुँदैन,र छैन,भन्नुभयो । 

 प्रधानमन्त्रीले आवश्यक अनुसार मन्त्रिपरिषद् हेरफेर गर्नु स्वाभाविक र निरन्तर पक्रिया भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले  सरकार फेरिने र मन्त्रिपरिषद् हेरफेर हुँदै छ भन्नु हल्ला बाहेक केही नभएको र भ्रम फैलाउन खोजिएको बताउनुभयो ।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको छिमेकी मूलक चीन भ्रमण तय भएको र प्रधानमन्त्री चीन भ्रमण पछि छिमेकी मुलुक भारतको भ्रमणमा जानू हुने बताउनु भयो । प्रधानमन्त्रीको छिमेकी देशको भ्रमणले दुई देशका बिचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन एवं सुदृढ तुल्याउन सहयोग पुग्ने उहाँले बताउनु भयो । गृहमन्त्री लेखकले सत्ता गठबन्धन काँग्रेस र एमालेबिच असमझदारी छैन भन्नुहुँदै सबै विषय सहमतिमा हुन्छ र दुई दलका बिच तिनै तह केन्द्र देखि जिल्ला सम्म उच्च स्तरीय संयन्त्र बनाइएको बताउनुभयो । गृहमन्त्री लेखकले स्थिरता, स्थायित्व, सुशासन, आर्थिक विकास क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले सहकारी प्रकरणमा संलग्नलाई कानुन बमोजिम कारबाही अघि बढिरहेको र सहकारीको रकम हिनामिना,दुरुपयोग, अपचलन गर्ने सबैलाई कारबाही हुने बताउनु भयो । उहाँले बचतकर्ताको रकम फिर्ताको प्रक्रिया अघि बढेको र सहकारीमा नीतिगत सुधारका लागी सम्बन्धित निकायले काम गरिरहेको बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -