काठमाडौँ । द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास)द्वारा नेपालका दुई वैज्ञानिक पुरस्कृत हुनुभएको छ ।
ट्वासले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टकी वरिष्ठ वैज्ञानिक डा.टिस्टा प्रसाईँ जोशी र त्रिभुवन विश्वविद्यालयका रसायन शास्त्र सह–प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो ।
नाष्टका वरिष्ठ वैज्ञानिक डा.प्रसाईँले ४ हजार अमेरिकी डलर बरावरको “समिरा ओमर इनोभेसन फर सस्टेशनएविलिटी अर्वाड” प्राप्त गर्नुभएको छ भने सह –प्राध्यापक दाहालले ५ हजार अमेरिकी डलर बराबरको “अट्टा उर रहमान अवार्ड” प्राप्त गर्नुभएको छ ।
ट्वासले नेपालका वैज्ञानिक प्रसाईँलाई नेपालको भूमिगत पानीको आर्सनिक प्रदूषणको समस्या समाधानका लागि पुर्याउनुभएको योगदानलाई कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको जनाएको छ ।
यस्तै सह–प्राध्यापक दाहाललाई कार्बन क्वान्टम डट र त्यसको संरचना सहित कार्बन नानोमेटेरिइल्सको शिन्थेरिसमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको जनाइएको छ ।
ट्वासले यस वर्ष नेपालका जोशी र दाहालसहित अन्य विभिन्न मुलुकका २५ जना वैज्ञानिकलाई पुरस्कार प्रदान गरेको छ ।
ट्वासले दक्षिण एशियाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई हरेक वर्ष विभिन्न विद्यामा योगदान दिने वैज्ञानिकहरूलाई पुरस्कृत गर्दै आएको छ ।