Friday, November 15, 2024
घरसमाचारललितपुरमा स्वच्छ हावा अधिकार सम्बन्धी नागरिक सम्मेलन

ललितपुरमा स्वच्छ हावा अधिकार सम्बन्धी नागरिक सम्मेलन

२९ कात्तिक,काठमाडौं। नागरिक समाज ललितपुरले ‘स्वच्छ हावाको अधिकारको लागि नागरिक सम्मेलन’ गरेका छन् ।

समाजले कुमारी पाटीमा महानगर भित्रको वायु गुणस्तरको अवस्था, वायू प्रदुषणको प्रयासहरु बारे महानगरले प्रस्तुतीकरण गरेको थियो । यस्तै वातवारण तथा हावा सम्बन्धी विज्ञ र सरोकारवालाहरु बीच प्यानल छलफल भएको थियो ।

स्वच्छ हावाको लागि कानुनी ढाँचा नीति र नागरिक समाजको भूमिकाको विषयमा सम्मेलनमा छलफल भएको थियो । समाजले ललितपुर महानगरपालिकामा स्वच्छ हावाको अधिकारका लागि घोषणा पत्र समेत सार्वजनिक गरेको थियो ।

कार्यक्रम संयोजक सुमित्रा महतका अनुसार स्थानीय तह स्तरमै स्वच्छ हावाको लागि पहिलो पटक नागरिक सम्मेलन भएको हो । ‘यसले स्थानीय तहसँगै टोल–टोलसम्म स्वच्छ हावाको अधिकारबारे ज्ञान दिएको छ भने सरकारलाई खबरदारी समेत गरेको छ,’ महतले भनिन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -