Friday, November 15, 2024
घरसमाचार४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने

४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने

२९ कात्तिक, काठमाडौं । आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् ।

आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका हुन् ।

ती गाँउपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्‌वार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाँउमा भने यो व्यवस्था अनिवार्य हुनेछैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेद्‌वारी हुने निर्णय भएको बताए ।

‘रिक्त पदमध्ये अर्को पदमा पुरुष जनप्रतिनिधी भएमा महिलाको उम्मेद्वारी मात्रै स्विकार्ने निर्णय भएको छ’ उनले भने, ‘दलहरुबाट हुने उम्मेद्‌वारीलाई अनिवार्य गरिएको यो व्यवस्था स्वतन्त्र उम्मेद्वारहरुको हकमा भने लागू हुनेछैन ।’

महिला मात्रै उम्मेद्‌वार बन्न पाउने बाहेक अरु तीन स्थानीय तहको प्रमुख/उपप्रमुखमा पनि निर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुख, दैलेखको महाबु गाँउपालिकाको प्रमुख पदमा पनि निर्वाचन हुँदैछ ।

तर यसअघि नै महिला निर्वाचित भएकाले ती स्थानीय तहको रिक्त पदमा बन्देजात्मक व्यवस्था लागू हुनेछैन ।

स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७(४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिँदा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गर्न खोजेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -