Saturday, January 11, 2025
घरसमाचारकांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप




काठमाडौँ । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहनुभएको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनीत सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इन्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इन्जिनियर धर्मनारायण शाह (सप्तरी), इन्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इन्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -