Thursday, January 9, 2025
घरसमाचारपूजा र राजवल्लभ अभिनित म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक

पूजा र राजवल्लभ अभिनित म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक

काठमाडौं । नेपालीको महान चाड तिहारको अवसरमा परदेशमा रहेका दाजुभाइ र दिदीबहिनीको भावनात्मक कथा समेटेर म्युजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण गरिएको छ।

यस फिल्मले विदेशमा रहेका नेपालीको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ । लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाइदिएर दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ ।

भाइले आफ्नो पडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको वेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ ।

फिल्मलाई जोयस पाण्डेले निर्देशन गरेका हुन् । उनले ‘साँघुरो’ नामक कथानक फिल्म निर्देशन गरेका छन् । दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्यूजिकल शैलीमा प्रस्तुत गर्दै सांगीतिक फिल्म निर्देशन गरेका हुन् ।

यस म्यूजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत छ । ह्याप्पी होम स्टुडियोजको निर्माणमा बनेको फिल्मको छायांकन अमेरिका मै गरिएको हो । कलाकारमा पूजा चन्द, राजवल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ छन् ।

समीर रेग्मीलाई फिल्ममा नेपाली कला र संस्कृतिप्रति समर्पित पात्रको रूपमा देखाइएको छ । ताइवानका चिनइन गावोले छायांकन गरेका छन् । निशान घिमिरेले सम्पादन गरेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -