Saturday, January 11, 2025
घरसमाचारआईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

आईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

३ कात्तिक, काठमाडौं । नैकापस्थित ब्राइट फ्युचर स्कुलले आईएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको छ ।

अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आईएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट ३ खेलाडी, २ प्रशिक्षक र १ टोली प्रमुखसहित ६ जना सहभागी हुँदैछन् ।

उनीहरुलाई शनिबार पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले बिदाइ गरे ।

बहराइनमा तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निबिता केसीले प्रतिस्पर्धा गर्ने छन् । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निबिताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहेका छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन् ।

उनीहरुसहितको ५८ सदस्यीय टोली आउँदो बुधबार बहराइन जानेछ ।

आईएसएफको आयोजनामा हुने प्रतियोगितामा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउदै छ । नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (४ टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन् ।

यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २० औं संस्करण हुन लागेको हो ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको सचिव रेग्मीले जानकारी गराए । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -