Friday, January 10, 2025
घरसमाचारटप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

३० असोज, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र खरिद हुँदा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये ८ मार्फत खरिद धेरै भएको छ भने २ मार्फत बिक्री धेरै भएको देखिन्छ । यस दिन सारेप्रो सेक्युरिटिजमार्फत सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।

सो कम्पनीमार्फत ३९ करोड ३१ लाखको खरिद हुँदा २० करोठ ४५ लाख रुपैयाँ बराबरको बिक्री भएको छ । सारेप्रोसहित, नासा, भिजन, सनी, अनलाइन, आर्यतारा,सुमेरु र प्रिमियरमार्फत खरिद धेरै भएको छ ।

इम्पेरियल र लिन्चमार्फत बिक्री धेरै भएको छ । यी ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीहरुमा एनआईसी एसिया बैंक, नेपाल फाइनान्स, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक लगायत कम्पनी छन् ।

टप १० ब्रोकरमार्फत बुधबार भएको किनबेच (रकम करोडमा)

कम्पनी खरिद रकम  बिक्री रकम
सारेप्रो, ६५ ३९.३१ २०.४५
नासा, ५८ ३१.६९ २५.०५
भिजन, ३४ २७.९९ १९.१८
सनी, ४२ २३.२२ १९.२१
इम्पेरियल, ४५ १५.६७ १९.२३
अनलाइन, ४९ १७.४३ १५.३३
आर्यतारा, ५७ १७.५६ १५.०९
लिन्च, ४१ १३.८८ १८.४५
सुमेरु, ३९ १४.८९ १२.५४
प्रिमियर, ३२ १२.९३ १२.५६

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -