Thursday, January 9, 2025
घरसमाचारयू-१९ महिला टी-२० विश्वकप छनोट : बन्द प्रशिक्षणमा १८ खेलाडी बोलाइए

यू-१९ महिला टी-२० विश्वकप छनोट : बन्द प्रशिक्षणमा १८ खेलाडी बोलाइए

यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

२८ असोज, काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रवक्ता छुम्बी लामाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो । बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने प्रवक्ता लामाले जानकारी दिए ।

छनौट भएका खेलाडीमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी रहेका छन् । छनोट भएका अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -