Sunday, January 12, 2025
घरसमाचारबाढीले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

बाढीले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

१२ असोज, काठमाडौं । दुई दिनको अविरल वर्षाले बाढीको रुप लिँदा काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।

रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्र्याउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ ।

बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।

 पढ्न गएका शिक्षक विद्यार्थी बीचमै फसे

बाढीका कारण दुम्जाको कुशेश्वर मन्दिरमा रहेको गुरुकुलमा २८ जना विद्यार्थी र शिक्षक गरी ३३ जना फसे विद्यार्थीहरू फसेका छन् । दायाँ-बायाँ रोशी खोलामा बाढी बढेपछि विद्यार्थी र शिक्षक मन्दिरको बीचमै फसेको शिक्षक शिक्षक नारायण घिमिरेले बताए ।

शिक्षक घिमिरेका अनुसार घिमिरेका तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ।

उनले भने, ‘ एकतिरबाट सुनकोसीले कटान गरेको छ। मन्दिर थोरै उचाइमा रहेकाले बचेको छ । कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौँ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -