बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमानदारिता चाहिने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्य योजनाको मस्यौदामाथिको छलफलमा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता जरुरी पर्ने …