वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले जनता र मुलुकको विकासलाई केन्द्रमा राखेर पारदर्शी रुपमा काम गरिरहेको बताउनुभएको छ ।
पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित बृहत् कार्यकर्ता भेलामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको दाबी गर्नुभयो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौती, खानेपानी र सरसफाइका समस्या समाधान गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जसपाका युवा नेता तबरेज अहमद, नवल किशोर साह, असलम आलम लगायतले सम्बोधन गर्नुभएको थियो ।