Sunday, January 12, 2025
घरसमाचारहेटौँडामा कृषि थोक बजार निर्माण अन्तिम चरणमा

हेटौँडामा कृषि थोक बजार निर्माण अन्तिम चरणमा

मकवानपुर । हेटौँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन कृषि थोक बजारको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेश सरकारको ७० र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा दुई बिगाह ४ धुर क्षेत्रफलमा निर्माणाधीन थोक बजार निर्माणको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको ७० र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा २०७७ साल भदौ १४ गते हेटौँडा उपमहानगरपालिकासँग सम्झौता भई करिब एक वर्षपछि २०७८ साल असार १८ गते अनक/माउण्टेन जेभी काठमाडौँले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का प्राप्त गरि २०८१ जेठभित्र सम्पन्न गर्ने गरि निर्माणको सम्झौता गरेको थियो । त्यस यता ७ महिना म्याद थप भएकाले ८ मङ्सिरसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ ।

हालसम्म कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको निर्देशक श्रेष्ठले बताउनुभयो । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सव इन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिनुभयो । प्राविधिक मूल्याङ्कनमा सडक कालोपत्रे नभएकाले निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरेको उहाँले बताउनुभयो ।

निर्माणाधीन दुई तले कृषि थोक बजारको भवनमा ६३ वटा सटर रहेका छन् । थोक बजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना हुने सव इन्जिनियर तिम्सिनाले बताउनुभयो ।

बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अन्डरग्राउन्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेका छन् । कृषि थोक बजारबाट भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले कृषि थोक बजार सञ्चालनका लागि मोडालिटी निर्माण गरेर कार्यविधि बनाएर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -